सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

0
Shares

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको फागुन १६ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजी ७९ करोड १९ लाख ८४ हजार ७९० रुपैयाँको १५ प्रतिशतले हुन आउने ११ करोड ८७ लाख ९७ हजार ७१८ रुपैयाँ ५० पैसा बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । सञ्चालक समितिको बैठकबाट प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरुलाई वितरण गरिने लघुुवित्तले जनाएको छ ।

साबिक वोमी लघुवित्त र सूर्योदय लघुवित्तबीच एक आपसमा मर्ज भई २०७८ चैत १९ गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो । एकीकृत कारोबार भएको मितिबाट २ वर्षसम्म लाभांश कर छुट हुने व्यवस्था भएकोले बोनस सेयर कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको संस्थाले जनाएको छ ।

साथै एकीकृत कारोबार सुरु भएको मितिभन्दा पछि सेयर खरिद गर्ने सेयरधनीहरुले भने लाभांश करबापत नियमानुसार रकम भुक्तानी गर्नुपर्ने लघुवित्तले जनाएको छ । प्रस्तावित ११ कराेड ८७ लाख ९७ हजार ७१८ रूपैयाँ ५० पैसा बाेनस वितरणपछि लघुवित्तकाे चुक्ता पुँजी ९१ कराेड ७ लाख ८२ हजार ५०८ रूपैयाँ पुग्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।