स्वाभिमान लघुवित्तको चैत ११ गते साधारण सभा आह्वान

0
Shares

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ११ गते छैटौं वार्षिक साधारण सभा आह्वान गरेको छ । डार्सिज इन्टरनेशनल होटल बुटवल, रुपन्देहीमा बिहान ११ बजे सभा बोलाइएको छ ।

फागुन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा बोलाउने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट सञ्चालक समिति बैठकले प्रस्ताव गरेको चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजारको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ ।

यस्तै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने, वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने काम सभाले गर्नेछ ।

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि चैत ३ गते शुक्रबार एक दिनका लागि बुकक्लोज गर्ने मिति तोकिएको छ । बुकक्लोजको आधारमा चैत २ गते बिहीबारसम्म नेप्सेमासेयर कारोबार भई कायम रहने सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।