विभागको आग्रह- दर्ता गरेर मात्र साहसिक एवं पर्यटन पूर्वाधारका आयोजना निर्माण गर्नु


पर्यटन विभागले अनुमती लिएर मात्रै साहसिक एवं पर्यटन पूर्वाधारका आयोजना निर्माण तथा सञ्चालन गर्न आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै व्यवसाय र उद्योग दर्ता गरी अनुमती लिएर मात्र सञ्चालन गर्न आग्रह गरेको हो ।

वातावरण संरक्षण नियमावली, २०७० को नियम २ सँग सम्बन्धित अनुसूचि १२ (२) बमोजिम बन्जी जम्पिक, स्वीक, क्यानोनिङ, स्काई डाईभिङ, जिप फ्लाइङ हाई रोप्स, स्काई वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट, एम्यूजमेण्ट पार्क र फन पार्क जस्ता साहसिक प्रकृतिका खेलहरु नियमानुसार नवीकरण गराउन पनि विभागले सूचीत गराएको छ ।

दर्ता एवं नवीकरण नगराइ व्यवसाय सञ्चालन गराएको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय र जरिवाना हुने विभागले जनाएको छ ।
यस्तै विभागले यस्तो व्यवसाय सन्चालन गर्दा अनिवार्य रुपमा संक्षिप्त वातावरणीय अध्ययन गर्न पनि आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।