तोलामा २९ सयले बढ्यो सुनको मूल्य, चाँदीमा पनि वृद्धि


काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १७९.९८ अमेरिकी डलर र चाँदी ६०.२२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।