बिहीबार पनि बढ्यो सुनको मूल्य, चाँदी स्थिर


नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको ३०० रुपैयाँले बढेको हो ।

पछिल्लो २ दिनमा मात्रै सुन तोलाको ८०० रुपैयाँले महङ्गिएको छ । यसअघि बुधबार सुन तोलाको ५०० रुपैयाँ बढेको थियो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको १ लाख २ हजार ६०० रुपैयाँ , तेजावी १ लाख २ हजार १०० रुपैयाँ रहेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यता बिहीबार चाँदीको भाउ स्थिर रहेको छ । बुधबार तोलाको १ हजार २७० रुपैयाँ कायम गरिएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा घटबढ हुने सुन र चाँदीको भाउका आधारमा सुनचाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८३४.२ अमेरिकी डलर र चाँदी प्रतिऔंस २०।९६ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।