हिमालयन क्यापिटलद्धारा ‘हिमालयन इन्क्यूबेटर’ को शुभारम्भ

0
Shares

हिमालयन क्यापिटल लिमिटेडले ‘हिमालयन इन्क्यूबेटर’ सञ्चालनमा ल्याएको छ । हिमालयन बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको यस सहायक कम्पनीले उद्यमीहरूलाई निःशुल्क कार्यस्थल, तालिम र मार्गदर्शन प्रदान गर्ने मञ्चका रूपमा स्टार्टअप इन्क्यूबेटर सञ्चालनमा ल्याएको हो ।

इनक्यूबेटर मार्फत, हिमालयन क्यापिटलले स्टार्टअप उद्यमीहरूलाई लगानीकर्ता, आपूर्तिकर्ता, ग्राहक र अन्य मूल्य श्रृंखला चालकहरूसँग जडान गर्न र नेटवर्क निर्माण गर्न प्लेटफर्म उपलब्ध गराउने लक्ष्य राखेको छ ।

स्टार्टअप इन्क्यूबेटरले संस्थाको सल्लाहकार र अनुसन्धान शाखाहरूद्वारा निरन्तर अन्तरक्रिया र मार्गदर्शन मार्फत स्टार्टअपहरूलाई सहज बनाउनेछ । जसले कम्पनीलाई प्रभावकारी नेटवर्क निर्माण गर्न र राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा एक्स्पोजर प्राप्त गर्न मद्दत गर्नेछ ।

मर्चेन्ट बैंकिङ्ग कारोबार अन्तर्गत हिमालय क्यापिटल लिमिटेडले धितोपत्र निष्कासन, सेयर रजिष्ट्रार, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा र डीपी सेवा प्रदान गर्दै आएको छ । क्यापिटल लिमिटेडको प्रधान कार्यालय ठमेलस्थित कर्मचारी सञ्चयकोष भवनमा छ । हिमालयन क्यापिटल लिमिटेडको चुक्ता पुँजी २० करोड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।