हुण्डाईको नयाँ ग्रान्ड आइ-१० नियोस सार्वजनिक


नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ह्याचब्याक सेग्मेन्टमा ग्रान्ड आइ १० नियोस नेपालमा सार्वजनिक गरेको छ । अझ बढी परिस्कृत, आरामदायी र नबिनतम फिचरले भरिएको उक्त नयाँ मोडल कम्पनीले प्रवर्धन गरे जस्तै ‘मोर द मेरियर’ छ ।

पूर्व मोडलको तुलनामा ह्याचब्याकको प्रतिस्पर्धी बजारमा यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू र सुरक्षा जस्ता विभिन्न विशेषताहरुका कारण नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीले लिइएको छ ।

हुण्डाई ग्रान्ड आइ १० नियोसको पूर्व मोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो । उक्त मोडलको गाडी समयसापेक्ष प्रस्तुतl र अत्याधुनिक विशेषताहरू सहित तयार गरिएको कम्पनीले जानकारी दिएको छ ।

गाडीको पछिल्लो भागमा यो सेगमेन्टमै पहिलो पटक राखिएको विस्तारित लिड टेल लाइट जडित लाइटबारले नयाँ गाडीलाई विशिष्ट स्वरूप दिएको छ । त्यस्तै यस्को अघिल्लो भागमा रहेको लाइटले गाडीलाई अझ बढी स्टाइलिस र स्पोर्टियर बनाएको दाबी गरिएको छ । सुरक्षाको हिसाबले यसमा पहिले भन्दा पनि बढी परिष्कृत र नबिनतम सुविधा समावेश गरिएको छ ।

यस्को प्रारम्भिक मूल्य २९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ । नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने विश्वास कम्पनीले लिएको छ । सुरक्षाको हिसाबले यो गाडी पहिले भन्दा पनि बढी परिष्कृत र नबिनतम भएको छ । पहिले भन्दा अझ बलियो र सुरक्षित यो गाडीमा चालक तथा यात्रुको सुरक्षाको लागि ४ ओटा एयरब्याग राखिएको छ ।

यो गाडीले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने विश्वास कम्पनीले लिएको छ । हुन्डाई नेपाल उत्कृष्ट कारहरुसँगै आकर्षक अफर, सर्वोत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिसका लागि चिर परिचित रहेको छ ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।