स्वरोजगार लघुवित्तको साधारण सभा आह्वान

0
Shares

स्वरोगार लघुवित्त वित्तीय संस्थाले चैत ११ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान साढे एघार बजे सभा बोलाएको हो । कम्पनीको फागुन १७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीको सभाले सञ्चालक समिति बैठकले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८–७९ को नाफाबाट चुक्ता पुँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७ प्रतिशत नगद गरी कुल २३.१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहितका अन्य प्रस्तावहरु पारित गर्ने छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आव २०७८।७९ को अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

लघुवित्त कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ फागुन ३० गते मंगलबारदेखि चैत ११ गतेसम्म बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार फागुन २९ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार गरी कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।