धौलागिरी र खप्तड लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौता

0
Shares

एक आपसमा मर्जर प्रकृयामा रहेका धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ ।

फागुन १८ गते बुधबार एक समारोहबीच दुई कम्पनीले मर्जरका लागि अन्तिम सम्झौता गरेका हुन् । सम्झौतापत्रमा खप्तड लघुवित्त वित्तीय संस्थाका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुमनप्रसाद श्रेष्ठ र धौलागिरी लघुवित्त वित्तीय संस्थाका तर्फबाट सञ्चालक समिति अध्यक्ष ईश्वरलाल राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा धौलागिरी लघुवित्तका तर्फबाट सञ्चालक एबं संयुक्त मर्जर समितिका संयोजक हरिप्रसाद शर्मा, सिर्जना थापा, डा. सुदर्शन सिलवाल र प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहोरा तथा खप्तड लघुवित्तका तर्फबाट सञ्चालकहरु रणदेव कृष्ण श्रेष्ठ, चन्द्रबहादुर चन्द, डबलबहादुर शाहा तथा प्रमुख कार्यकारी अधिकृत सुरेशबहादुर बमको उपस्थिति थियो ।

गत मङ्सिर १८ गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको दुई कम्पनीलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकबाट पुस १७ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।

दुबै कम्पनीले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गरी धितोपत्र दोस्रो बजारमा सेयर कारोबार हुँदै आएको छ । धौलागिरी लघुवित्तले २०७९ साउन २४ गतेदेखि साउन २९ गतेसम्म ३ लाख ३१ हजार कित्ता तथा खप्तड लघुवित्तले २०७९ भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म १ लाख ३२ हजार कित्ता कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

राष्ट्रियस्तरको लघुवित्त कम्पनी धौलागिरीले सुदूरपश्चिम प्रदेश कार्यक्षेत्र रहेको खप्तड लघुवित्तसँग मर्जर गरेको हो । राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बागलुङ नगरपालिका—२ श्रीनगर टोलस्थित रजिस्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ । त्यसैगरी सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तले खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदाबरीमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।