एक आपसमा मर्जर प्रकृयामा रहेका धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेका छन् । एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न दुबै कम्पनीले चैत ६ गते विशेष साधारण सभा आह्वान गरेका हुन् ।
धौलागिरीले डिसीआरडिसीको सभाहल उपल्लाचौर बाग्लुङ्गमा तथा खप्तडले होटल नमस्ते अत्तरीयामा बिहान १० बजे सभा डाकेका छन् ।
दुबै लघुवित्तले दुबै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए रिर्पोट) का आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात अनुमोदन गर्नेछन् । यस्तै एक आपसमा मर्ज हुने सम्बन्धि भए गरेका सम्पुर्ण काम अनुमोदन गर्ने, थप केही कार्य गर्न आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि दुबैको सभामा रहेका छन् ।
.png)
विशेष साधारण सभा प्रयोजनार्थ दुबै लघुवित्तले फागुन २६ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।










प्रतिक्रिया