थोक कर्जा प्रवाह गर्ने दुई लघुवित्त कम्पनीहरु साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले चैत १० गते साधारण सभा आह्वान गरेका छन् । एक आपसमा मर्जर सम्झौता गरेका दुई कम्पनीहरुले मर्जर र लाभांश अनुमोदनका मुय प्रस्तावहरु राखेर साधारण सभा डाकेका हुन् ।
साना किसानले कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे २१ औँ वार्षिक साधारण सभा बोलाएको छ । उता आएमडीसीले अमृतभोग, क्याडर्स कालिकास्थान काठमाडौँमा बिहान ११ बजे २४ औं वार्षिक साधारण सभा बोलाएको छ ।
साना किसानको सभाले चुक्ता पुँजीको २६ प्रतिशतका दरले बोनस र सोको कर प्रयोजनार्थ १.३६८४ प्रतिशत नगद लाभांश तथा आरएमडीसीको सभाले चुक्ता पुँजीको २६ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक आपसमा १ः०.८७ सेयर स्वाप (साना किसानको १०० कित्ता बराबर मर्जर पश्चात ८७ कित्ता) अनुपातमा मर्जर हुन लागेका हुन् । सभाले उक्त सेयर स्वाप अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ साना किसान लघुवित्तले फागुन २८ आइतबार गते तथा आरएमडीसी लघुवित्तले चैत १ गते बुधबार बुकक्लोज तोकेको छ । बुकक्लोज अनुसार साना किसानका फागुन २५ गते तथा आरएमडीसीका फागुन ३० गते मंगलबारसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीहरुको मात्र सम्बन्धीत लघुवित्तको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ सञ्चालकको कार्यकाल थप गर्ने निर्णय अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
गत भदौ ३१ गते २ संस्थाबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको थियो । राष्ट्र बैंकले पुस १७ गते दुई संस्थालाई मर्जरको लागि सैद्दान्तिक स्वीकृति दिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया