नेशनल माइक्रोफाइनान्सको लाभांश घट्यो

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांश ४.०५ प्रतिशतले घटेको छ ।

फागुन १८ गते बिहीबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले घटाएर लाभांश वितरण गर्ने निर्णय गरेको हो । संसोधित लाभांश अनुसार अब लघुवित्तले चुक्ता पूँजीको ३४.४५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने छ ।

माघ ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ३८.५० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरी नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाएको थियो ।

राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको लाभांश वितरणमा कडाई गर्दै साधारण जगेडा, ग्राहक संरक्षण कोष र संस्थागत सामाजिक उत्तरदायित्वमा राख्नुपर्ने रकम वृद्धि गरेपछि लघुवित्तको लाभांश घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार  १३ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।