सानिमा लाइफ र रिलायन्स लाइफको मर्जरलाई अन्तिम स्वीकृति

0
Shares

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले एक आपसमा गाम्ने गाभिने सम्बन्धमा अन्तिम स्वीकृति पाएका छन् ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले दुई जीवन बीमा कम्पनीलाई मर्जरमा जानका लागि अन्तिम स्वीकृति दिएको हो । प्राधिकरणको स्वीकृतिसँगै अब दुबै कम्पनीलाई संयुक्त कारोबार लागि बाटो खुला भएको छ ।

अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएसँगै दुई कम्पनीको एकीकृत कारोबारको टुङ्गो लाग्नेछ । चैतको दोस्रो साताभित्र एकीकृत कारोबार थाल्ने तयारी कम्पनीहरुको छ ।

विसं २०७९ गत असार २९ गते एक आपसमा मर्जर जाने प्रारम्भिक सम्झौता गरेका दुई कम्पनीको फागुन १२ गते सम्पन्न भएको छुट्टाछुट्टै वार्षिक साधारण सभाले एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित गरिसकेका छन् ।

दुबै इन्स्योरेन्स कम्पनीको चल अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन (डिडिए रिर्पोट) तथा अन्य सम्बन्धित मूल्य तथा मान्यता समेतका आधारमा सेयर अनुपात १ बराबर १ को अनुपात कायम गर्ने गरी मर्जर जाने प्रस्ताव सभाले पारित गरेका छन् ।

अहिले सानिमा लाइफको चुक्ता पूँजी २ अर्ब ८ करोड रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ छ । बराबरी हैसियतमा मर्जरमा जाँदा दुई कम्पनीको चुक्ता पूँजी ४ अर्ब १८ करोड रुपैयाँ कायम हुनेछ । बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।

मर्जरपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार  १६ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।