आइएमएफले नेपाललाई दिने ५ करोड २० लाख सहयोगका लागि जुट्यो सहमति

0
Shares

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई दिने ५ करोड २० लाख डलर सहयोगका लागि कर्मचारी तहको सहमति भएको छ । विस्तारित कर्जा सुविधा मार्फत आइएमएफले प्रदान गर्ने यो सहयोग सञ्चालक समितिको सहमति छि स्वीकृत पछि कार्यान्वयन हुनेछ ।

जारक्को ट्रुनेनको नेतृत्वमा आइएमएफको टोली नेपाल आएको थियो । उक्त टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, निवर्तमान अर्थमन्त्री विष्णु पौडेल, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना विभागका उपाध्यक्ष मीन बहादुर श्रेष्ठ लगायत राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारी, विकास योजनाका साझेदारहरुसँग भेटवार्ता गरेको थियो । सोही भेटवार्तामा आइएमएफका कर्मचारी र नेपालका उच्च पदस्थ कर्मचारीहरुले ५ करोड २० लाख डलर बराबरको सहयोगका लागि कर्मचारी तहको सहमति जुटेको हो ।

कोरोना महामारीका कारण शिथिल अवस्थामा पुगेको नेपालको अर्थतन्त्र रुस–युक्रेन युद्धले थप गरेका समस्याहरुको सिर्जनशील उपायहरु खोजी आइएमएफको विस्तारित कर्जा सुविधा मार्फत आर्थिक गतिविधिमा निरन्तर सुधार गरेको जारक्को ट्रुनेनले जनाएका छन् ।

नेपालका पदाधिकारीहरुले देशको समष्टिगत आर्थिक अवस्था सुधारका निमित्त सहि समयमा सहि निर्णय लिन सकेको उनको धारणा रहेको छ ।

नेपाल राष्ट्र बैंकले इजी मनी फर्मेसन बन्द गर्न र मुद्रास्फीति नियन्त्रणका लागि अपनाएको संकुचित मौद्रिक नीतिको सराहना समेत उनले गरेका छन् । यस्तै कोभिड–१९ संक्रमण नियन्त्रणका लागि सरकारले यस अघिका आर्थिक वर्षहरुमा छुट्टाउने रकम कटौती गर्नाले पनि सो रकम अन्य उत्पादक क्षेत्रमा लगानी गर्न सक्ने उनको धारणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार  १६ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।