स्वावलम्बन लघुवित्तको लाभांश पारित

0
Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश पारित भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न भएको २१ औं वार्षिक साधारण सभाले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको सभाले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनार्थ सहित ६.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ मा २९ करोड ५ लाख १४ हजार ११० रुपैयाँ खुद नाफा आर्जन गरेकोे थियो । सोही नाफाबाट लाभांश वितरण गरिएको हो ।

यस्तै सभाले स्वावलम्बन लघुवित्त र अन्य उपयुक्त एक वा एकभन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर तथा प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिएको छ ।

लघुवित्तले चालू आर्थिक वर्षको पुस मसान्तसम्म ६१ ओटा जिल्लाका १४५ ओटा शाखा तथा उपशाखा कार्यालय र ९ ओटा इलाका कार्यालय मार्फत २ लाख ६३ हजार ७० महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।