सोल्टी होटल र नेपाल इन्स्योरेन्सको बोनस वितरण

0
Shares

सोल्टी होटल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर वितरण भएको छ ।

होटलको पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो । होटलका अनुसार पुस ७ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुलाई बोनस सेयर जम्मा गरिएको हो । आगामी दिनमा सेयर अभौतिकीकरण गराउन सेयरधनीको हकमा क्रमशः बोनस जम्मा हुने होटलले जनाएको छ ।

हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीले आफ्नो सेयर अभौतिकीकरण गराएपछि मात्रै बोनस सेयर जम्मा हुने भएकाले यथाशीघ्र कागजी सेयर अभौतिकीकरण गर्न होटलले आग्रह गरेको छ ।

सोल्टीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यसैगरी नेपाल इन्स्योरेन्सले पनि पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ ।

गत पुस ७ गतेसम्म सेयर अभौतिकीकरण गराएको सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिएको कम्पनीको भनाई छ । साथै उक्त मितिपछि सेयर अभौतिकीकरण गराउन सेयरधनीको हकमा क्रमशः बोनस जम्मा हुने भएकाले हालसम्म पनि सेयर अभौतिकीकरण नगरेर कागजी सेयर बोकेका सेयरधनीले आफ्नो सेयर अभौतिकीकरण गराउन कम्पनीले अनुरोध गरेको छ ।

इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।