एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई नगद लाभांश मात्रै वितरण गर्ने भएको छ ।
लघुवित्त कम्पनीको सञ्चालक समितिको फागुन २१ गते आइतबार सम्पन्न बैठकले कर सहित सहित चुक्ता पुँजीको १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
अघिल्लो आव २०७७/७८ बाट ५.४१ प्रतिशत नगद लाभांश वितरण गरेको लघुवित्तले गत आव २०७८–७९ को नाफाबाट भने १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
लघुवित्तको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक बाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्तालाई वितरण हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया