भूगोल इनर्जीको आईपीओमा चैत ७ गतेसम्म आवेदन दिन सकिने


भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीकोे आइपीओमा चैत ७ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

कम्पनीले फागुन ८ गतेदेखि स्थानिय वासिन्दाको लागि निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा अब चैत ७ गते सम्म आवेदन दिन सकिने छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आज (फागुन २५) गते कार्यालय समयसम्म मात्र आवेदन दिन सक्ने छन् ।

कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका ५ लाख ४४ हजार ५३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।

सोमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ७२ हजार २६ कित्ता तथा आयोजन प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले द्वारी ३ बाहेक) का स्थानिय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता सेयर बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ८ लाख ८१ हजार १०० रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओमा स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मेरो सेयरको मोबाइल एप, मेरो सेयर अनलाइन सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट सि आस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।