नेप्सेले हाफ सेन्चुरी मार्दा दुई हजार विन्दुमाथि उक्लियो सूचक

0
Shares

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा आज बिहिबार हरियाली छाएको छ । नेप्से ५०.०४ अंकले बढेर दुई हजार २ दशमलब ७० विन्दुमा पुगेको हो ।

बैंकहरुले निक्षेप र कर्जा दुवैको ब्याजदर घटाउने निर्णय गरेसँगै सेयर बजारमा सकारात्मक प्रभाव परेको हो।  आज नेप्सेमा एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २१३ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज शुभम पावर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशत तथा नेपाल इन्स्योरेन्सको शेयरमूल्य ९.४४ प्रतिशतले बढेको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड ८५ लाख भन्दा बढीको कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहिबार  १५ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।