शुक्रबार कुन डलरको भाउ कति ?


नेपाल राष्ट्र बैंकले शुक्रबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८७ पैसा पुगेको छ भने बिक्री दर १३१ रुपैयाँ ४७ पैसा पुगेको छ ।  अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५६ पैसा र बिक्री दर ८६ रुपैयाँ ९५ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ २९ पैसा र बिक्री दर १३८ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ५० पैसा र बिक्री दर १५६ रुपैयाँ २१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९५ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ०८ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८६ पैसा र बिक्री दर ३५ रुपैयाँ ०२ पैसा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।