एनएलजी इन्स्योरेन्स कम्पनीले अधिकृत पूँजी ३ अर्ब पुर्‍याउने


एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अधिकृत पूँजी ३ अर्ब पुर्‍याउने भएको छ ।

हिजो (फागुन २५) गते बसेको ३९० औं संचालक समितिकोे बैठकले कम्पनीको पूँजी १.५० अर्बबाट वृद्धि गरी ३ अर्ब बनाउन साधारण सभा आह्वान गरेको हो । सभा चैत २० गते सोमबार बालुवाटारमा रहेको आम्रपाली ब्याङ्केटमा बिहान साढे १० बजे बस्ने छ ।

सभाले सञ्चालक समितिले प्रस्ताब गरे बमोजिमको वोनस शेयर वितरण गर्ने, २०७८\०७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने छ ।

साथै सभाले कम्पनीको अधिकृत पुँजी र जारी पुँजी बृद्धि गर्नुका साथै २०७९\०८० को लागी लेखा परिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ चैत १३ गते १ दिन बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार चैत १२ गतेसम्म नेप्सेमा सेयर कारोबार गरी कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।