सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँड

0
Shares

सगरमाथा जलविद्युत कम्पनीले स्थानियबासी र वैदैशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ बाँडफाँड भएको छ।

कम्पनीले ईलाम जिल्लामा स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ११ लाख २० हजार कित्ता तथा र विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको ४ लाख ३६ हजार ८०० कित्ता सेयर विहीबार बाँडफाँड गरिएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

स्थानियबासीको हकमा १० कित्ता देखि ३ हजार कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३ हजार १५० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिने आवेदकहरुलाई ३ हजार ८० कित्ता र ३ हजार १५० कित्ता देखि १० हजार कित्तासम्म आवेदन दिने ६५ जनामध्ये गोलाप्रथाबाट ४९ जनालाई थप १० कित्ता गरी जम्मा ११ लाख २० हजार कित्ता बाँडफाँड भएको जनाएको छ ।

त्यस्तै विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि ३० कित्तासम्म आवेदन दिने आवेदकहरुलाई माग बमोजिम, ४० कित्ता देखि ५ हजार कित्तासम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ता र ४० कित्ता देखि ५ हजार कित्तासम्म आवेदन दिने ९ हजार ५४१ जनामध्ये गोलाप्रथाबाट ६ हजार ८३२ जनालाई थप १० कित्ता गरी जम्मा ४ लाख ३६ हजार ८०० कित्ता शेयर बाँडफाँड भएको क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।