नविल बैंकको ४ करोड २२ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत


नविल बैंक लिमिटेडको ४ करोड २२ लाख कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनसक्ने गरी  ४ करोड २२ लाख ४० हजार ८८१ बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

बैंकले गत वर्षको नाफाबाट १८.५०५ बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीकरण गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।