प्रभु स्मार्ट फन्डमा १.५५ गुणा बढीको आवेदन, योजनाको आकार एक अर्ब पुग्ने

0
Shares

प्रभु स्मार्ट फन्डको इकाई खरिदका लागि निष्काशित संख्याको तुलनामा १.५५ गुणा बढीको आवेदन परेको छ ।

फागुन १८ गते देखि सर्वसाधारणको लागि निष्काशित इकाई खरिदका लागि २८ गते आइतबारसम्ममा संस्थाहरु सहित सर्वसाधारणहरुबाट १० करोड ५२ लाख ९६ हजार २०० इकाईको लागि आवेदन परेको हो । सर्वसाधारणबाट ६ करोड ८० लाख इकाई खरिदका लागि आह्वान गरेको थियो ।

क्यापिटलले ८० करोड रकम बराबरको प्रभु स्मार्ट फन्ड नामको योजना निष्काशन गरेको हो । तर सामुहिक लगानी कोष निर्देशिका, २०६९ को नियम १५ को उपनियम ४ मा भएको व्यवस्था अनुसार निष्काशन गरिएको भन्दा बढी संख्यामा इकाई माग भएमा निष्काशन गरिएको इकाई संख्याको पच्चीस प्रतिशतसम्म थप गरी इकाई बाँडफाँड गर्न सकिनेछ भन्ने व्यवस्था रहेको छ । फन्डका इकाई खरिदका लागि उच्च माग परेकाले प्रभु स्मार्ट फण्डले बिँज पूँजी सहित १ अर्ब बराबरको इकाई बाँडफाँड गर्ने छ ।

प्रभु बैंक लिमिटेड कोष प्रबद्र्धक र प्रभु क्यापिटल लिमिटेड कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु स्मार्ट फन्डले कुल ८ करोड इकाई बिक्री खुला गरेको हो । जसमध्येमध्ये कोष प्रवद्र्धक प्रभु बैंकले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटलाइ ८ लाख इकाई सुरक्षित गरिएको थियो ।

दश वर्ष अवधि रहेको बन्दमुखी योजना प्रभु स्मार्ट फण्डलाई केयर नेपाल लिमिटेडले केयर एनपी एएमसी क्वालिटी ३ ( एएमसी–३ ) रेटिङ्ग प्रदान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।