विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको भाउ स्थिर


नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १५ पैसा र बिक्री दर ८६ रुपैयाँ ५५ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ४० पैसा र बिक्री दर १४० रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ५६ पैसा र बिक्री दर १५८ रुपैयाँ २८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९८ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ११ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८९ पैसा र बिक्री दर ३५ रुपैयाँ ०५ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।