कुमारी बैंकको संस्थापक सेयरमा आवेदन दिने समय थप


कुमारी बैंक लिमिटेडको संस्थापक सेयरमा आवेदन दिने समय थप गरिएको छ ।

पहिलो चरणको निर्धारित समयमा सबै सेयर बिक्री नभएपछि म्याद थप गरिएको हो । यससँगै अब लगानीकर्ताले चैत ६ गतेसम्म बैंकको संस्थापक सेयरमा आवेदन दिन सक्नेछन् ।

कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको २ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागी समय थप गरेको हो ।

उक्त सेयरका लागी इच्छुक व्यक्ति, संस्था वा कम्पनीले उक्त सेयरमा चैत ६ गतेसम्म बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नागपोखरी, नक्सालमा आवेदन शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्ने छ ।

संस्थापक तर्फको लागि १० हजार कित्तादेखि अधिकतम बिक्री खुला गरिए बराबरको रकम (२ लाख ९६ हजार) सम्मको बोलपत्र पेस गर्न सकिने छ । तर बोलपत्र पेश गर्दानेपाल राष्ट्र बैंकले तोकेको अधिकतम सीमाको अधिनमा रही पेश गर्नुपर्ने छ ।

सेयरको न्युनतम मूल्य ११९ रुपैयाँ तोकिएको छ । बोलपत्रको छानबिन गरी रितपूर्वक प्राप्त बोलपत्रहरु मध्ये सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकहरुलाई सेयर बाँडफाँड गरिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।