दुई घण्टामा २५ अंकले घट्यो नेप्से, सूचक १९५० बिन्दुमा

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार दुई घण्टच अवधिमा नेप्से २५ अंक बढीले घटेको छ । सोमबार दिउँसो सवा १ बजेसम्ममा नेप्से २५.६६ अंकले घटेर सूचक १९५० बिन्दुमा झरेको हो ।

यस अवधिमा २४३ कम्पनीका १५ लाख २१ हजार कित्ता सेयर ५२ करोड २१ लख रुपयाँमा खरिद बिक्री भएका छन् । अरुण भ्यालीको सर्वाधिक ३ करोड ४९ लाखको सेयर कारोबार हुँदा एनआईसी एशिया बैंकर शिवम् सिमेन्ट क्रमशः कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा रहेका छन् । नबिल बैंकको पनि २ करोड माथिको सेयर कारोबार भएको छ ।

शुभम् पावरको सेयरमूल्य ९.९८ प्रतिशत बढेर प्रतिकित्ता ३८७.८० रुपैयाँ पुगेको छ भने बोटलर्स नेपाल तराइको मूल्य पनि समान्य बढेको छ । उता नाडेप लघुवित्तको मूल्य सर्वाधिक ६.०६ प्रतिशत घटेर ५७२.१० रुपैयाँमा झर्दा प्रभु इन्स्योरेन्स ६ प्रतिशत तथा सामुदायिक लघुवित्त र मेगा म्युचुअल फन्डको इकाईमूल्य पनि ५ प्रतिशतभन्दा धेरै घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।