प्रभु बैंकको लाभांश वितरण

0
Shares

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित चुक्ता पुँजीको ८ प्रतिशत लाभांश वितरण गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँको आधारमा ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजन समेतका लागि १.५० प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

बैंकको पुस १४ गते सम्पन्न २१औं वार्षिक साधारण सभाले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकले साधारण सभा प्रयोजनका लागि पुस १ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार मंसिर २९ गतेसम्म नेप्सेमा सेयर काराबार भई कायम रहेका सेयरधनीहरूले मात्र हितग्राही खातामा बोनस र बैंक खातामा नगद लाभांश पाएका हुन् ।

हालसम्म पनि बैंक खाता नम्बर अद्यावधिक नगराएका सेयर सदस्यहरूलाई यथासिघ्र सेयर डिम्याट गराउन र हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।

बैंकको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।