निजामती कर्मचारी अस्पतालले माग्यो ३२८ जना कर्मचारी


निजामती कर्मचारी अस्पतालले ३२८ जना कर्मचारी माग गरेको छ ।

एकै दिन दुईवटा सार्वजनिक विज्ञापन प्रकाशन गर्दै अस्पतालले ३२८ जना कर्मचारीका लागि आवेदन आह्वान गरेको हो ।

अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले १० औंदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको हो । न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत २० गतेसम्म आवेदन दिन सक्ने अस्पतालले जनाएको छ।

आवेदन अस्पतालको वेबसाइटमार्फत् अनलाइन दरखास्त प्रणालीबाट दिनु पर्नेछ। उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्र, तालिम, अनुभव, व्यवसाय अनुमति र पेसागत आबद्धता प्रमाणपत्र, शैक्षिक योग्यता (समकक्षता वा सम्बद्धता आवश्यक भए सो समेत), समावेशी समूह खुल्ने कागजात अनलाइन दरखास्त प्रणालीको तोकिएको स्थानमा पीडिएफ बनाएर अपलोड गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलबार  ०८ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।