नेपाल लाइफ इन्स्योरेन्सले एनआईसी एशिया बैंक लिमिटेडकोे ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको ५ लाख कित्ता संस्थापक सेयर प्रति कित्ता ३९८ रुपैयाँका दरले बिक्रीमा ल्याएको हो ।
सेयर खरिदका लागि इच्छुक संस्थापकले फागुन ३० गतेबाट ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालय, थापाथलीमा निवेदन दिनुपर्ने छ ।
उक्त मितिभित्र कुनै संस्थापक सेयरधनीबाट निवेदन नआएमा प्रचलित व्यवस्था अनुसार अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया