बुधबार सुन-चाँदीको भाउ स्थिर


स्थानीय बजारमा बुधबार सुन-चाँदीको भाउ स्थिर छ ।

मंगलबार एकैदिन १ हजार ६ सय रुपैयाँले वृद्धि भएको सुन आज स्थिर बनेको हो । मंगलबार छापावाला सुन १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन तोला पनि स्थिर रहेको छ । मंगलबार १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको तेजावी सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यता मंगलबार तोलामा ४५ रुपैयाँले बढेर तोलाको एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९०१.७१ र चाँदी प्रतिऔंस २१.७४ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।