सामसुङले दक्षिण कोरियामा २३० अर्ब डलर लगानी गर्ने

0
Shares

इलेक्ट्रोनिक्स वस्तुको उत्पादनमा अग्रणी रहेको सामसुङले दक्षिण कोरियाली सरकारको मेगा चीप फ्याक्ट्री निर्माण गर्ने उद्देश्य सफल बनाउनका लागि २३० अर्ब डलर लगानी गर्ने भएको छ ।

कम्पनीले आगामी २० वर्षको अवधिमा दक्षिण कोरियामै चीपको उत्पादन बढाउनका लागि उक्त रकम पाँच मेगा चीप फ्याक्ट्री निर्माणमा खर्चिने भएको हो ।

विश्वव्यापी रुपमा सामसुङ मेमोरी चीप, स्मार्टफोन र टेलिभिजन उत्पादनमा शीर्ष स्थानमा रहेको छ । दक्षिण कोरियामा नै चीप उत्पादन वृद्धि गर्नका लागि दक्षिण कोरियाली सरकारले निजी क्षेत्रलाई कर छुट तथा पूर्वाधार विकासमा सहयोग गर्ने छ ।

सरकारी र निजी समन्वयनमा सरकारले सेमीकन्डक्टरको विकासका लागि मेगा फ्याक्ट्री विकास गर्ने योजना बनाएको छ ।

सरकारले नीजी क्षेत्रबाट ५५० ट्रिलियन वोन अर्थात् ४१९ अर्ब डलर लगानी उठाउने र चीप उत्पादनमा विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने उद्देश्य राखेको छ ।

अमेरिका, नेदरल्यान्ड लगायतका राष्ट्रहरुले सेमीकन्डक्टर तथा चीप आयातमा कडाइ गरेपछि कम्पनीहरुले देशभित्र नै चीप उत्पादन गर्नतर्फ अग्रसर भएका छन् ।

यस अघि सामसुङ कम्पनीले चीप निर्माणका लागि अमेरिकाको टेलर र अस्टीन सहरमा प्लान्ट निर्माणका लागि १६७ अर्ब डलर र २४.५ अर्ब डलर लगानी गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।