बिहीबार पनि बढ्यो डलरको भाउ, कुन देशको मुद्राको भाउ कति ?


बिहीबार सबैजसो विदेशी मुद्राको भाउ बढेको छ ।

बुधबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६९ पैसा र बिक्री दर १३२ रुपैयाँ २९ पैसा रहेको थियो भने बिहीबार १७ पैसाले बढेर डलर एकको खरिद दर १३१ रुपैयाँ ८६ पैसा र बिक्री दर १३२ रुपैयाँ ४६ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै बुधबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७१ पैसा र बिक्री दर ८८ रुपैयाँ ११ पैसा रहेको थियो भने बिहीबार १५ पैसाले बढेर खरिद दर ८७ रुपैयाँ ५६ पैसा र बिक्री दर ८७ रुपैयाँ ९६ पैसा पुगेको छ ।

यस्तै बिहीबार युरो एकको खरिद दर १४० रुपैयाँ ०६ पैसा र बिक्री दर १४० रुपैयाँ ७० पैसा रहेको छ ।  बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ १६ पैसा र बिक्री दर १५९ रुपैयाँ ८८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ४१ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ११ पैसा र बिक्री दर ३५ रुपैयाँ २७ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।