प्रभु बैंकको पिओएसमा आधारित अतिरिक्त बैंकिङ्ग सेवा सञ्चालनमा


प्रभु बैंक लिमिटेडले विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन एटीएम बुथ नभएका शाखा कार्यालयहरुबाट समेत प्रभु बैंकको आफ्नै पोइन्ट अफ सेल्स (पीओएस) मेसिनबाट सेवा लिन सक्ने व्यवस्था गरेको छ ।

जसमा ग्रीन पिन सेट गर्ने, पिन परिवर्तन गर्ने तथा विद्यूुतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको हो ।

विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको शुरुवात गरेको बैंकले जनाएको छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवा उपभोग गरी प्रभु बैंकका सेवाग्राहीले अधिकतम् लाभ लिने बैंकको विश्वास छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।