शिवम् सिमेन्टको मेगा लक्की–ड्र सम्पन्न


शिवम् सिमेन्टद्वारा “शिवम्सँग उपहार टन्न” उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत भाग्यशाली (उपभोक्ता तर्फ ३० जना तथा विक्रेता तर्फ ३० जना) गरी ६० जना विजेताहरुको नाम सार्वजनिक गरिएको छ ।

राजधानीमा पत्रकार सम्मेलन गरी लक्की ड्रमार्फत विजेताको नाम सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । जस अन्तर्गत उपभोक्ता तर्फ ४७ तोला तथा विक्रेता तर्फ ४७ तोला सुन उपहार राखिएको थियो ।

मेगा लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली विजेता बाग्मती–पोखरा क्षेत्रबाट कृष्ण मानन्धर र उपत्यका बाहिरबाट चन्चल चौधरी ले पाँच पाँच तोला सुन प्राप्त गरेका छन् । दोस्रो पुरस्कार अन्तर्गत शिवराम, युवराज कार्की, चन्दन सिंह र सुरेश गरी ४ जनाले तीन तीन तोला सुन जितेका छन । त्यस्तै तेस्रो पुरस्कार अन्तर्गत विनोद आचार्य, नकुल पौडेल, शाह इन्जिनियरिङ कन्ट्रक्शन प्रा.लि, हेल्थ एण्ड हाईजनिक प्रा.लि., अरुण यादव तथा मनोज यादव गरी ६ जनाले दुई दुई २÷२ तोला सुन जितेका छन् भने चौथोमा ८ जनालाई एक एक तोला सुन र अन्य १० जनाले आधा आधा तोला सुन जितेका छन् ।

यस अघि भएका मासिक लक्की–ड्रहरुबाट उपभोक्ता तर्फ ६० जना तथा विक्रेता तर्फ ८० जना भाग्यशाली विजेताहरुको छनौट भई सकेको छ । जसमा ४ जोडिले थाईल्याड भ्रमण, ८ जोडिले गोसाईकुण्ड हेली टुर, २० जोडिले माउन्टेन फ्लाईट, २८ जनाले आधा किलो चाँदी, ३२ जनाले हिराको औंठी, १६ जनाले सुनको सिक्रि, १६ जनाले सुनको औंठी र १६ जनाले २ ग्राम सुनको सिक्का जितिसकेका छन् ।

स्योर शट पुरस्कार मार्फत पनि २ लाख २५ हजार भन्दा बढि ग्राहकहरुले सुन, चाँदी तथा नगद उपहार पाएको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्टले यहि मंसिर १८ गते देखि “शिवम्सँग उपहार टन्न” उपहार योजना सार्वजनिक गरेको थियो ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।