एनसेलको ‘मज्जाको प्लान’, रिचार्जमा बोनस पनि


एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो संचार आवश्यकतालाई ध्यानमा राख्दै
आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ ।

यस नयाँ स्टार्टर प्याक ‘मज्जाकोे प्लान’ यहि चैत ०३ गते शुक्रबार देखि संचालनमा आउँदैछ र इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारीक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सक्छन् ।

ग्राहकले यो स्टार्टर प्याक कर सहित ५९९ रुपैयाँमा खरिद गर्न सक्छन् । प्याक अन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन् । प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिन देखि २८ दिनको लागि मान्य रहने विज्ञप्तिमा उल्लेख छ ।

साथै यो प्लान सुचारु गर्ने ग्राहकले २०० वा सो भन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्छन् । ग्राहकले २०० देखि ४९९ रुपैयाँको रिचार्जमा ५ प्रतिशत बोनस क्यास ब्याक प्राप्त गर्न सक्छन् भने ५०० वा सो भन्दा बढिको रिचार्जमा १० प्रतिशत बोनस पाउने विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले यो आकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान ५९९ मा नै आफ्नो आवश्यकता अनुसार सिम खरिद गरेको दिन देखि ९० दिन सम्म जति पटक पनि खरिद गर्न सक्छन् ।

त्यस्तै प्रिपेड ग्राहकले आफ्नो संचार सेवाको आवश्यकता अनुसार संचालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरु एनसेल एप, एसएमएस र यूएसएसडीबाट सुचारु गर्न सक्छन् ।

सेवा लिनका लागि आफ्ना ग्राहकलाई एक उत्तम विकल्प प्रदान गर्दै नयाँ र आकर्षक स्टार्टर प्याक ल्याइएको एनसेलले जनाएको छ । ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राखी ल्याइएका यो नयाँ प्लानले, सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।