कृषि अनुसन्धान परिषद्ले माग्यो ३६० कर्मचारी


नेपाल कृषि अनुसन्धान परिषद्ले ३६० जना कर्मचारी भर्ना गर्ने भएको छ ।

परिषद्ले खुल्ला तथा समावेशी प्रतियोगितात्मक परिक्षा मार्फत ३६० जना कर्मचारी भर्ना गर्न लागेको हो । योग्यता पुगेका नेपाली नागरिकले आज (चैत ३) गतेदेखि ३० दिनभित्र दरखास्त दिनु पर्ने छ । म्याद सकिएको ७ दिनभित्र दोब्बर दस्तुरमा आवेदन दिन सक्ने छन् ।

यस्तै परिषद्ले लगभग २ सय कर्मचारी आन्तरिक मूल्यांकनबाट पदपूर्ति गर्ने भएको छ । परिषद्ले सूचना प्रकाशित गरी २ सय भन्दा बढी कर्मचारी बढुवा गर्ने भएकोले योग्यता पुगेको कर्मचारीले ३५ दिन भित्र परिषद्को पदपूर्ति समितिको सचिवालय सिंहदरबारमा सम्पर्क गर्न भनेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।