टेलिकमले ल्यायो सस्तो मूल्यमा महिनाभर कुराकानी गर्न मिल्ने अनलिमिटेड अफर

0
Shares

नेपाल टेलिकमले सस्तो मूल्यमा महिनाभर कुराकानी गर्न मिल्ने भ्वाइस प्याक अफरमा लिएर आएको छ ।

चैत ३ बाट लागु हुनेगरी टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याक लन्च गरेको हो ।

ग्राहकहरुको रुचि एवं चाहानालाई ध्यानमा राखी नेपाल टेलिकमले पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि यो अफर ल्याएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन् ।

पोस्टपेड सेवा लिइरहेका ग्राहकहरुले ६३६ रुपैयाँमा ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न र अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सक्नेछन् । यस अफर अन्तर्गत कम्पनीकै नेटवर्कमा ग्राहकहरुले १५० वटा एसएमएस पठाउन समेत सक्ने छन् ।

त्यसैगरी ग्राहकले प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न र सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सक्ने सुविधा समेत टेलिकमले यहि प्याकेजमा उपलब्ध गराएको छ ।

सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्रयोग गर्नका लागि ग्राहकले एस्ट्रीक १४१५ एस्ट्रीक २ एस्ट्रीक २ ह्यासट्याग डायल गर्नुपर्ने छ । साथै ग्राहकले कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्ने छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।