टेन स्टील्सको आम्दानीमा आकर्षक वृद्धि, ५८ करोड बढीको कारोबार

0
Shares

टेन स्टील्सको आम्दानी सन् २०२२ मा ५८ करोड ३० लाख पुगेको छ ।

केयर नेपालका अनुसार कम्पनीको आम्दानी सन् २०२१ को तुलनामा सन् २०२२मा ६३.३ प्रतिशतले बढेको हो । सन् २०२१मा ३५ करोड ७० लाख आम्दानी गरेको टेन स्टील्स कम्पनीले सन् २०२२ मा ५८ करोड ३० लाख सञ्चालन आम्दानी गरेको हो ।

कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएता पनि अन्य वित्तीय सूचांक भने कमजोर देखिएका छन् । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, भाडा र कर समावेश भएको कम्पनीको नाफा कुल सञ्चालन आम्दानीको ६.७२ प्रतिशत रहेको छ । जुन सन् २०२१ मा कुल सञ्चालन आम्दानीको १५.२३ प्रतिशत रहेको थियो ।
यस्तै सन् २०२१मा कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको २.८६ प्रतिशत थियो भने सन् २०२२मा उक्त क्षमता घटेर ०.९९ गुणा पुगेको छ ।

सन् २०१८ मा स्थापना भएको कम्पनीले माइल्ड स्टील ब्याल्याक पाइप, एमएस सीट तथा सटर प्रोफाइल उत्पादन गर्दै आएको छ । सन् २०२० सम्ममा कम्पनीको एमएस पाइप उत्पादन गर्ने क्षमता ३० हजार मेट्रिक टन प्रति वर्ष रहेको थियो भने कम्पनीले उक्त पलानटको क्षमता विकास गरी ६० हजार मेट्रिक टन प्रति वर्ष पु¥याएको छ ।

यस्तै कम्पनीले प्लान्टको हट रोल्ड सीट र कोल्ड रोल्ड सीटको उत्पादन क्षमता बढाएर १२ हजार मेट्रिक टन पु¥याएको छ । साथै, सटर प्रोफाइलको निर्माणका लागि कम्पनीले क्षमता विस्तार गरी ३ हजार मेट्रिक टन पु¥याएको छ ।

कम्पनीमा मारुती ग्रुपका व्यक्तिहरुको, स्वस्तिक एक्जिमका प्रबन्ध निर्देशक अजय कुमार जलानको लगानी रहेको छ । कम्पनीको अध्यक्ष अनिल कुमार अग्रवाल रहेका छन् । यस्तै धिरज कुमार अग्रवाल कम्पनीका प्रबन्ध निर्देशक हुन् ।

कम्पनीले कच्चा पदार्थ निर्यात गर्ने गरेको छ । रुस–युक्रेन युद्धका कारण धातुहरुको मूल्य बढेका कारण कम्पनीको सञ्चालन आम्दानी बढ्दा समेत अन्य वित्तीय सूचांकहरुमा सुधार देखिएको छैन ।

यस्तै अन्तराष्ट्रिय बजारमा डलर आकाशिदा नेपाली रुपैयाँले कमजोर प्रर्दशन गरिरहेको छ । जसको प्रभाव कम्पनीको आम्दानीमा परेको छ ।
तथापि निर्माणका कामहरु तीव्र रुपमा सञ्चालन भइरहेका छन् । आगामी समयमा स्टीलका सामाग्रीहरुको माग अझै बढ्ने देखिन्छ । जसको प्रत्यक्ष प्रभाव कम्पनीको आम्दानीमा पर्ने छ ।

कम्पनीले १ अर्ब २० करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयरनेपालले ६१ करोड १० लाख बराबरको दीर्घकालीन कर्जाका लागि कम्पनीलाई डबल बी माइन्स रेटिङ गरेको छ भने ५८ करोड ९० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।