विराटनगरमा ‘रोड टू आईपीओ’ कार्यशाला


कोशी प्रदेशको राजधानी बिराटनगरमा पुँजी बजारमा कम्पनीको सहभागिता बढाउन तथा बजार विस्तारमा सघाउ पुर्याउने उद्धेश्यले ‘रोड टू आईपीओ’ कार्यशाला आयोजना भएको छ ।

एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान कोशी प्रदेश कमिटी र पायोनियर ल एसोसिएट्सको सहकार्यमा विराटनगरको बञ्जारा चोकमा रहेको होटल ह्यारिसन प्यालेसमा ‘रोड टू आईपीओ’ कार्यशाला सम्पन्न भएको हो ।

कोशी प्रदेशका कर्पोरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरूलाई आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउन यस्तो कार्यशाला आयोजना गरेको आयोजकको भनाई छ ।

कार्यक्रममा पायोनियर ल एसोसिएट्सका म्यानेजिङ पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाले प्रस्तुती दिएका थिए ।

उक्त कार्यशालाले कानूनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, आकार, समयरेखा र विधिहरूमा केन्द्रित रहेको आईपीओ सम्बन्धी ज्वलन्त उधाहरणहरुलाई उजागर गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।