कालिका लघुवित्तले डाक्यो साधारणसभा, लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने


कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र २९ गते १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

चैत ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल टास्क इन्टरनेशनल प्रालि, पोखरा, कास्कीमा विहान ९ बजे १३ औं वार्षिक साधारण गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू। ३१ करोड २८ लाख ७५ हजारको आधारमा १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनसपछि कम्पनीको चुक्तापूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले स्वीकृति गर्नेछ ।

यस्तै सभाले आर्थिक वर्ष २०७८\७९ को प्रतिवेदन, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु छलफल गरि पारित गर्ने छ । यस्तै आर्थिक वर्ष ७९\८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

यस्तै सभाले वित्तीय संस्थाको हाल कायम कुल पूँजी संरचनामा संस्थापक तथा सर्वसाधारण समूहको सेयर स्वामित्व क्रमशः ६४.५२ प्रतिशत र ३५.४८ प्रतिशत रहेकोमा नियमनकारी निकायबाट स्वीकृति प्राप्त भए पश्चात् कार्यान्वयन गर्ने गरी संस्थापक समूहको सेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ४५.४८ प्रतिशत कायम गर्ने प्रस्ताव स्वीकृत गर्ने छ ।

अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै संस्थापक तर्फबाट एक जना सञ्चालक निर्वाचन समेत सभाले गर्नेछ ।

लघुवित्तले साधारण सभा प्रयोजनको लागि चैत्र १६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार चैत्र १५ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार गरी कायम रहने सेयरधनीले मात्र मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।