मंगलबार सामान्य बढ्यो अमेरिकी डलरको भाउ


नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरको तथ्यांक अनु्सार सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको भाउ सामान्य बढेको छ ।

सोमबार डलर एकको खरिद दर १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ३९ पैसा रहेको थियो भने आज १३ पैसाले बढेर खरिद दर १३१ रुपैयाँ ९२ पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ३५ पैसा र बिक्री दर ८८ रुपैयाँ ७५ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ १३ पैसा र बिक्री दर १४१ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २२ पैसा र बिक्री दर १६१ रुपैयाँ ९५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ४१ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ १२ पैसा र बिक्री दर ३५ रुपैयाँ २८ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।