सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिर दाहाल नियुक्त


सिटिजन्स बैंक इन्टरनेसनलको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिरप्रसाद दाहाल नियुक्त भएका छन् । यस अघि सिबिआइएल क्यापिटलमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत दाहाल बैशाख २० गतदेखि लागू हुनेगरी बैंकको सहायक प्रमुख कार्यकारीमा नियुक्त भएका हुन् ।

१६ वर्षअघि बैंकिङ्ग करियर थालेका चार्टर एकाउन्टेन्ट दाहाल एक अनुभवी बैंकरका रूपमा परिचित छन् । ६ वर्षअघि प्रमुख वित्त अधिकृतको रूपमा बैंकसंग दाहाल आबद्ध भर्एका थिए ।

उनले वित्त तथा योजना तर्जुमा विभाग, आईटी, संचालन विभाग, कर्जा प्रशासन विभाग, कर्जा असुली विभाग, अन्वेषण तथा इनोवेशन जस्ता महत्वपुर्ण विभागहरुलाई नविन तवरले संचालन गर्ने विश्वास बैंकले लिएको छ ।

दाहाल त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका छन् ।

उता सिबिआएल क्यापिटलबाट दाहाल बैंक गए पछि क्यापिटलका सहायक प्रमुख कार्यकारी अधिकृतले तत्कालका लागि क्यापिटलको नेतृत्व सम्हाल्ने छन् ।