समृद्धि फाइनान्सको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल

0
Shares

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ ।फाइनान्स कम्पनीले चैत ६ गते देखि लागू हुने गरी पुनः सेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केटलाई नियुक्त गरेको हो ।

सेयर रजिष्ट्रार नियुुक्त भएसँगै कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज नामसारी लगायतका सम्पूर्ण कार्यहरु बिओके क्यापिटल मार्केट नक्सालबाट हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।