मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँड

0
Shares

मेन्छियाम हाइड्रोपावर लिमिटेडले विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई निष्कासन गरेको साधारण सेयर बाँडफाँड भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार रितपूर्वक आवेदन गरेका १६ हजार ८०७ जना आवेदकलाई गोलाप्रथामा सहभागि गराइएको थियाे ।

क्यापिटलका अनुसार १० कित्ता देखि १ हजार कित्ता सेयर आवेदन गर्ने १० हजार ८५१ जना आवेदकलाई १० कित्ताको दरले जम्मा १ लाख ८ हजार ५१० कित्ता बाँडफाँड गरिएको छ । यस्तै बाँकी रहेको ७ कित्ता २० कित्तादेखि १ हजार कित्ता आवेदन गर्ने आवेदकलाई पूनः गोलाप्रथाको माध्यमबाट थप १ कित्ताका दरले ७ कित्ता ७ जना आवेदकहरुलाई बाँडफाँड भएको छ ।

कम्पनीले फागुन १० गतेदेखि २५ गतेसम्म विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि १ लाख ८ हजार ५१७ कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो।

उक्त आइपीओमा १८ हजार १०७ जना आवेदकहरुबाट जम्मा ४ लाख ९९ हजार ७५० कित्ताका लागि आवेदन प्राप्त भएको थियो । सो मध्ये सम्बन्धित सि-आस्वा सदस्य बैक तथा वित्तीय संस्थाबाट विभिन्न कारणबाट १ हजार २९६ जना आवेदकहरुबाट प्राप्त जम्मा ६१ हजार ६७० कित्ता शेयरको लागि आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।