डिप्रोक्स लघुवित्तको नगद लाभांश वितरण

0
Shares

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ११.०५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । लघुवित्त कम्पनीको फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ११.०५३ प्रतिशत नगद लाभांश करकट्टीपछि वितरण गरिएको हो ।

बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा उल्लिखित बैंक खातामा नगद लाभांश जम्मा गरिसकिएको डिप्रोक्स लघुवित्तले जनाएको छ । सभाबाट पारित भएको बोनस सेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा हुन जनाइएको छ ।

गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कम्पनीले चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजारको १० प्रतिशत बोनस र कर सहित ११.०५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । साधारण सभा प्रयोजनका लागि लघुव्त्तिले फागुन १९ गते बुकक्लोज गरेकाले फागुन १८ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन र कागजी सेयर भए अभौतिकिकरण गर्न समेत लघुवित्तले सेयरधनीलाई आग्रह गरेको छ ।

सेयर धितो कर्जा प्रयोग गर्दै आएका सेयरधनीहरुको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।

लघुवित्त कम्पनीको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।