कालिञ्चोक दर्शनको आईपीओ यसै साता नेप्सेमा सूचीकृत हुँदै

0
Shares

कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ यसै साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने भएको छ । कालिञ्चोकको धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार केही यो साताभित्रै आईपीओ सूचीकृत हुनेछ ।

सुचीकरणका लागि सबै फाइलहरू नेप्सेमा बुझाइसकिएको नबिल इन्भेष्टमेन्टले जनाएको छ । कम्पनीको आईपीओ चैत २ गते बिहीबार नै आईपीओ पाउने सेयरधनीको हितग्राही खाता (डिम्याट) मा जम्मा गरिएको छ । केडिएल कारोबार सिम्बोलमा कम्पनीको सेयर कारोबार हुनेछ ।

कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ७८ रुपैयाँ १५ पैसादेखि २३४ रुपैयाँ ४५ पैसासम्म ओपनिङ्ग कारोबार रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७७।७८ को परिष्कृत वित्तीय विवरणका आधारमा सो सेञ्ज पाउने देखिएको हो ।

वास्तविक प्रतिशेयर नेटवर्थ ७८ रुपैयाँ १५ पैसा छ । नेपाल स्टक एक्सचेन्ज ( नेप्से) ले धितोपत्रको दोस्रो बजारमा आउने कम्पनीको सेयर कारोबारका लागि सम्बन्धीत कम्पनीको परिष्कृत वित्तीय विवरणका आधारमा प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ ।

प्रतिसेयर नेटवर्थलाई न्यूनतम र त्यसको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज निर्धारण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।