नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरको तथ्यांक अनुसार अमेरिकी डलरको भाउ बिहीबारको तुलनामा ६३ पैसाले घटेको छ ।
बिहीबार (हिजो) डलर एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको थियो भने आज डलर एकको खरिद दर १३१ रुपैयाँ ३३ पैसा र बिक्री दर १३१ रुपैयाँ ९३ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १९ पैसा र बिक्री दर ८८ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै आज युरोको भाउ भने बढेको छ । हिजो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा रहेको थियो भने आज खरिद दर १४२ रुपैयाँ ८१ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा रहेका राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३४ पैसा र बिक्री दर १६२ रुपैयाँ ०८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ७३ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ८६ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ९६ पैसा र बिक्री दर ३५ रुपैयाँ १२ पैसा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया