सेयर बजार सूचक मापक नेप्से १ हजार ९०० बिन्दुमुनी झरेको छ । आइतबार कारोबार खुलेको ३५ मिनेट अवधिमा नेप्से २१.०७ अंकले घटेर १८९४.०८ बिन्दुमा झरेको हो ।
समीक्षा अवधिमा २१७ कम्पनीका ३ लाख ८३ हजार कित्ता सेयर १६ करोड ६९ लाख ९१ हजार रुपैयाँमा खरिद बिक्री भएका छन् ।
हालै मात्र धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार खुलेको मायाखोला हाइड्रोपावर र एशियन हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । न्यून कारोबार भएको कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य पनि बढ्दो क्रममा रहेको छ ।
यता जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तको सेयरमूल्यमा नकारात्मकसर्किट लागेको छ । जाल्पा लघुवित्त, नेशनल लघुवित्त, र महिला लघुवित्तको सेयरमूल्य पनि ६ प्रतिशतभन्दा धेरैले घटेको छ । उच्च सेयरमूल्य हुने सबैजसो लघुवित्तको मूल्य अधिक घटेको हो ।
आइतबारको ३५ मिनेटको कारोबारमा आकर्षक लाभांश प्रस्ताव गरेको नेष्डो लघुवित्तको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको २ करोड ५६ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । लघुवित्तले हाल कायम चुक्ता पुँजीको ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस्तै सोल्टी होटल र हिमालयन डिष्टिलरीको पनि १ करोड धेरैको कारोबार भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया