एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन


वित्तीय सेवा सम्बन्धी ज्ञान बढाउन एनआईसी एशिया लघुवित्त तथा वित्तिय संस्थाले वित्तीय साक्षरता अभिमुखीकरण तथा सो सम्बन्धी ¥याली कार्यक्रम सञ्चालन गरेको छ ।

विश्व वित्तीय सप्ताह २०२३ लाई सार्थक पार्न ग्रामिण समुदायमा लक्षित गरी वित्तीय सचेतना फैलाउने उद्धेश्यका साथ देशैभरी वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण तथा ¥याली कार्यक्रमको आयोजना गरिएको हो ।

जसबाट समुदायस्तरमा वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वचत गर्ने बानी, कर्जाको सही सदुपयोग, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन, बीमा, विप्रेषण आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास लिइएको छ ।

¥यालीमा लघुवित्त वित्तीय संस्थासंग आबद्ध सदस्यहरु तथा लघुवित्तका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम मधेश प्रदेश अन्तर्गतका बर्दिबास, बट्टेश्वर, कल्याणपुर, कोशी प्रदेश अन्तर्गतका भद्रपुर र धाईजान, गण्डकी प्रदेश अन्तर्गतको क्यामिन (आबुखैरेनी), लुम्विनी प्रदेश अन्तर्गतको महाराजगञ्ज (डुमरा) तथा सुदुरपश्चिम प्रदेश अन्तर्गतको बहुनियामा भएको थियो ।

“साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंक देशकै सबै भन्दा ठूलो शाखा संजाल भएको बैंक हो ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरु सहित नेपाल भरी आफ्ना २८७ शाखाहरु मार्फत २ लाखभन्दा बढि न्यून आय भएका तथा साना तथा मझौला उद्यमी सदस्यहरुलाइ सेवा दिँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।